खर्च कटौती गरेर विपन्नको घर र छात्रवृत्तिमा लगानी गर्ने मुख्यमन्त्री बानियाँको घोषणा

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री निवास र कार्यालयमा हुने खर्च ५० प्रतिशत कटौती गर्ने घोषणा गर्नुभएको छ।

हिजो मात्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका मुख्यमन्त्री बानियाँले आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकबाट यस्तो निर्णय गर्नुभएको हो।
बानियाँले कटौती गरिएको खर्च निर्वाचन क्षेत्रमा विपन्न नागरिकका लागि घर निर्माणमा खर्च गर्ने बताउनुभयो।

Advertisement

उहाँका अनुसार आगामी दसैंअघि नै मकवानपुर क्षेत्र नम्बर २ (ख) का गरिब परिवारलाई आवास उपलब्ध गराउने योजना तत्काल कार्यान्वयनमा लैजाने तयारी गरिएको छ।
त्यस्तै, पहिलो क्याबिनेट बैठकले सीमान्तकृत र आर्थिक रूपमा कमजोर समुदायका विद्यार्थीलाई लक्षित गर्दै छात्रवृत्ति वितरण गर्ने निर्णय गरेको छ।

वनकिरिया, थामी, चेपाङ, जिरेल, पहरीलगायत पछाडि परेका वर्गका विद्यार्थीलाई अध्ययनमा सहयोग पुग्ने गरी सरकारले छात्रवृत्ति उपलब्ध गराउने मुख्यमन्त्री बानियाँको भनाइ छ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च