सुनापती गाउँपालिकामा पदयात्रा र सरसफाइ अभियान सञ्चालन

रामेछाप । आन्तरिक तथा बाह्य पर्यटकलाई साहसिक हाइकिङमा आकर्षित गर्ने तथा ओझेलमा परेका धार्मिक–पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने उद्देश्यसहित रामेछापको सुनापति गाउँपालिकामा १५ किलोमिटरको डहु–सुनापती–लहरे माने पदमार्गमा पदयात्रा सञ्चालन गरिएको छ।

डहु माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक हिरालाल मोक्तानको अध्यक्षता र सुनकोशी–लहरे माने–सुनापती पर्यटकीय संरक्षण क्षेत्रका अध्यक्ष एवं सुनापती स्काउटका प्रमुख आयुक्त राजकुमार मैनालीको प्रमुख आतिथ्यतामा बुधवार लहरेमानेको प्राङ्गणमा पदयात्राको समापन गरियो।

Advertisement

कार्यक्रममा वक्ताहरूले सुनापती गाउँपालिकाका पर्यटकीय स्थलहरूमा पर्यटन प्रवद्र्धनका उपायबारे आफ्ना धारणा राखेका छन् । साथै, सुनापती पदयात्रासँगै गाउँपालिका–३ स्थित धार्मिक तथा पर्यटकीय स्थल सुनापती महादेव मन्दिर र लहरे माने परिसरमा सरसफाइ अभियान पनि सञ्चालन गरिएको छ । समापन कार्यक्रममा समाजसेवी, पर्यटन प्रेमी तथा स्थानीय शिक्षकको उल्लेखनीय उपस्थिति थियो।

सुनापति गाउँपालिका–३ स्थित सुनापति डाँडामा तामाङ समुदायले आफन्तको सम्झनामा बनाउने परम्परागत लहरे माने अहिले आकर्षक पर्यटकीय स्वरूपमा निर्माण गरिएको छ। एउटै रङ र आकारमा बनेका १ सय ८ वटा मानेहरूले डाँडोलाई धार्मिक मात्र हैन, सौन्दर्यले पनि सजाएको छ। त्यही डाँडाको तल्लो भागमा अवस्थित ३५ फिट अग्लो शिवको मूर्तिसहितको सुनापति महादेव मन्दिर — जहाँ पुग्न २ सय ६५ वटा सिँढी पार गर्नुपर्छ।

Advertisement

यही महादेवको नामबाट गाउँपालिकाको नाम “सुनापति“ राखिएको हो। सुनापतिको यी ठाउँहरू आन्तरिक पर्यटकहरूको रोजाइको केन्द्र बन्दै गएको छ । यो ठाउँमा गाउँपालिकाले गत आर्थिक वर्ष २०८१/०८२ मा ४० लाख बजेटमा ३५ फिट अग्लो शिवको मूर्ति निर्माण गरेको छ भने २५ लाख रुपैयाँ बढी लगानीमा १०८ लहरे मानेहरू निर्माण गरेको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च