काठमाडौं । वेस्ट इन्डिजसँग हुने युनिटी टी–२० सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो ।
नेपाल ‘ए’ टिममा उत्कृष्ट प्रदर्शन गरेका आदिल आलम र सन्दीप जोराले पुनरागमन गरेका छन् ।
Advertisement
सिरिजका खेलहरु आगामी सेप्टेम्बर २७, २९ र ३० तारिखमा युएईमा हुनेछ ।
नेपाली टोली
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आसिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आदिल आलम, आरिफ शेख, सन्दीप जोरा, करण केसी, नन्दन यादव, गुल्सन झा, ललित राजवंशी, सोमपाल कामी र शाहव आलम ।



























प्रतिक्रिया