रामेछाप । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले जिल्लामा क्रियाशील पत्रकारलाई निःशुल्क उपचार सेवा दिने घोषणा गरेको छ ।
चिकित्सालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले पत्रकारलाई स्वास्थ्य उपचारमा विशेष सुविधा दिने उद्देश्यले यस्तो निर्णय गरेको हो ।
Advertisement
चिकित्सालयका निमित्त प्रमुख दीपक कार्कीका अनुसार पत्रकारलाई औषधि बाहेकका सम्पूर्ण उपचार सेवा निःशुल्क उपलब्ध गराइनेछ । उहाँले भन्नुभयो, “नेपाल पत्रकार महासंघ रामेछापको परिचयपत्र वा नेपाल सरकारका आधिकारिक निकायमा दर्ता भएका सञ्चारमाध्यमका परिचयपत्र बोकेका पत्रकारलाई यो सुविधा लागू हुनेछ ।”
वाग्मती प्रदेश सरकारले प्रदेशभरका पत्रकारलाई निःशुल्क स्वास्थ्य बिमा लगायतका सुविधा उपलब्ध गराइरहेको सन्दर्भमा रामेछापका पत्रकारलाई स्थानीय स्तरमै थप सुविधा दिने उद्देश्यले यो निर्णय गरिएको चिकित्सालयले जनाएको छ ।



























प्रतिक्रिया