रामेछापको खाँडादेवी मन्दिरमा निःशुल्क स्वास्थ्य शिविर, ७० बढी बिरामीलाई औषधि वितरण

रामेछाप । वाग्मती प्रदेश सरकारको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले खाँडादेवी विकास कोषसँग सहकार्यमा खाँडादेवी मन्दिर प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

शनिबार आयोजित आयुर्वेदिक स्वास्थ्य शिविरमा सुगर, प्रेसरलगायतका विभिन्न रोगको निःशुल्क परीक्षण गरी औषधि वितरण गरिएको कार्यालयका निमित्त प्रमुख दीपक कार्कीले जानकारी दिनुभयो ।

Advertisement

कार्कीका अनुसार स्वास्थ्य परीक्षणसँगै नेपाल सरकारले निःशुल्क उपलब्ध गराएका २३ प्रकारका औषधि वितरण गरिएको थियो । बिरामीलाई आवश्यक परामर्श पनि दिइएको उहाँले बताउनुभयो ।

जाँचका क्रममा धेरैलाई उच्च रक्तचाप र मधुमेहको समस्या देखिएको चिकित्सकले बताएका छन् । त्यस्तै ग्यास्ट्रिक, हाड–जोर्नी दुख्ने, शरीर झमझमाउने, छालाका रोगका बिरामी पनि शिविरमा आएका थिए ।
शिविरमा ७० जनाभन्दा बढीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको थियो ।

Advertisement

गाउँमै पुगेर स्वास्थ्य सेवा दिने उद्देश्यले यस्ता शिविर नियमित रूपमा सञ्चालन गरिने कार्कीले जानकारी दिनुभयो । खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङले दर्शनार्थीको भीड हुने समयमा पुनः यस्तै स्वास्थ्य शिविर सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नागरिकलाई सेवा दिन र आयुर्वेदिक उपचार पद्धतिकाे प्रचार गर्न शिवर आयाेजना गरिएका चिकित्सालय सञ्चालन तथा व्यवस्थापन समिमतिका अध्यक्ष नवराज पथिकले बताउनुभयाे । यस्ता शिवर जिल्ला भरि नै सञ्चालन गरेर याे उपचार पद्धतिकाे प्रचार गर्ने याेजना उहाँले सुनाउनुभयाे । 

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च