रामेछाप । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा रामेछाप जिल्लाबाट पाँच जना नेताहरूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्।
जिल्लाबाट माधव प्रसाद ढुङ्गेल, शान्ति प्रसाद पौडेल, गीता कार्की, गंगादेवी कार्की र सीता कुमारी खत्री केन्द्रीय सदस्य पदका उम्मेदवार बनेका हुन्। उम्मेदवारमध्ये माधव प्रसाद ढुङ्गेल र गीता कार्की यसअघि पनि पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालिसकेका अनुभवी नेता हुन्।
त्यस्तै शान्ति प्रसाद पौडेल र गंगादेवी कार्की बागमती प्रदेश कमिटी सदस्यका रूपमा सक्रिय रहँदै आएका छन् भने सीता केसी पार्टी संगठन निर्माणमा क्रियाशील रहँदै आएकी छन्।
Advertisement
माधव प्रसाद ढुङ्गेल, शान्ति प्रसाद पौडेलले खुलाबाट चुनावमा होमिएका छन् भने गीता कार्की र गंगादेवी कार्की महिला खुलाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । सीता कुमारी खत्रीले भने बाग्मती प्रदेश महिला कलस्टरबाट केन्द्रीय सदस्यको उम्मेदवारी दिएकी छिन् ।
यसअघि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका बागमती प्रदेश सभा सदस्य आनन्द कुमार श्रेष्ठले भने उम्मेदवारी दर्ता गराएनन् ।
श्रेष्ठको उम्मेदवारी नपरेपछि त्यसबारे विभिन्न अड्कल र चर्चा पनि सुरु भएको छ। त्यसैगरि यसअघिका पोलिटब्युरो सदस्य एवं रामेछाप जिल्ला इन्चार्ज कमलप्रसाद चौलागाईँले अनुशासन आयोग सदस्यमा उम्मेदवारी दिएको बताइएको छ । एमाले बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश प्रसाद ढुङ्गेलले पनि केन्द्रीय सदस्यमा चुनाव लड्ने चर्चा भए पनि उम्मेदवारी दिएनन् ।
Advertisement
नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान बन्द सत्र स्थल भृकुटीमण्डप काठमाण्डौमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । मतदान बेलुका ७ बजेसम्म चल्नेछ ।
एक सय वटा मेसिनमध्ये ८० वटा मतदानका लागि प्रयोग हुनेछन् । बाँकी १० वटा अभ्यासका लागि र १० वटा अतिरिक्त मेसिनको रूपमा राखिएको छ । एक जनाले मत खसाल्न झन्डै २५ देखि ३० मिनेट समय लाग्ने अनुमान छ ।



























प्रतिक्रिया