रामेछाप । मन्थली सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको अध्यक्षमा पुनः पूर्ण बहादुर सुबेदी चयन भएका छन् । बिहीबार भएको समितिको २३औँ वार्षिक साधारणसभा तथा ८ औँ अधिवेशनले पुनः सुवेदीलाई अध्यक्ष चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा यम बहादुर बुढाथोकी, महासचिवमा ढाकल थापा तथा सचिवमा शान्ता न्यौपाने सुबेदीलाई चयन गरेको हो। कोषाध्यक्ष र केही सदस्य पदमा भने एक भन्दा बढी उम्मेदवारी परेपछि सहमतिको प्रयास भइरहेको निर्वाचन समितिले जनाएको छ ।
Advertisement
कोषाध्यक्ष पदमा कुमार घिमिरे र हरिशरण सुवेदीको प्रतिस्पर्धा हुने देखिएको छ । १ पदको लागि २ जनाको उम्मेदवारी परेपछि सहमतिको प्रयास भइरहेको बताइएको छ ।
सदस्यहरूमा दामोदर प्रसाद घिमिरे, डेक बहादुर श्रेष्ठ, दीपक भट्ट, श्याम कुमार श्रेष्ठ, शङ्कर बहादुर थापा, रामकुमार श्रेष्ठ, रामचन्द्र अधिकारी र नीलराज जैसी सर्वसम्मत चयन भएका छन्।
Advertisement
इलाका नम्बर १ मा १ जना सदस्य पदको लागि ५ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा युवराज सुवेदी, दिनेश सुवेदी, विजय सुवेदी, निकास पौडेल (हेमन्त) ले उम्मेदवारी दिएका छन् । सहमतिको लागि छलफल भइरहेको र सहमति हुन नसकेमा शनिवार मतदान हुने छ ।
खुल्ला महिला ३ जनाको लागि विनीता काफ्ले, कोपिला,रिता ढुङ्गेल, जयन्ती खड्का र कविता श्रेष्ठसहित ६ जनाको उम्मेदवारी परेको छ ।
Advertisement
लेखा समितिको संयोजकमा पनि कृष्ण बहादुर बस्नेत र दीपक दाहालको उम्मेदवारी दर्ता भएको छ । सबै उम्मेदवारहरूसँग सहमतिको प्रयास भइरहेको र सहमति नभएमा निर्वाचन मार्फत चयन गर्ने निर्वाचन समितिले जनाएको छ ।




























प्रतिक्रिया