सिन्धुलीमा सुशीला बम्जनको जघन्य हत्याः सासू–नन्द पक्राउ, न्याय माग्दै प्रहरी कार्यालय घेराउ

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको जघन्य हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग गर्दै स्थानीयले जिल्ला प्रहरी कार्यालय सिन्धुली घेराउ गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले मङ्गलबार सार्वजनिक गरेको विज्ञप्ति अनुसार घटनामा संलग्न भएको आशङ्कामा मृतककी सासू ५९ वर्षीया मायारानी बम्जन र नन्द ३५ वर्षीया मीना लामा (बम्जन) लाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ।

Advertisement

प्रहरीका अनुसार आइतबार (पुस ६ गते) दिउँसो अन्दाजी साढे ४ बजे घरको भान्सा कोठामा सुशीलाको शरीरमा पेट्रोल छर्केर आगो लगाई हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
मृतक सुशीलाका आफन्त तथा स्थानीयले घटनाको निष्पक्ष छानबिन गर्दै दोषीलाई कडा सजाय दिन माग गर्दै मङ्गलबार दबाबमूलक कार्यक्रम गरेका हुन्।

स्थानीयका अनुसार आगो लगाउन थालेपछि सुशीलाले चिच्याउँदै बचाउन हारगुहार गरेकी थिइन्। आवाज सुनेर छिमेकीहरू घर पुग्दा मुख्य गेटमा ताल्चा लगाइएको, भित्र कोठामा आगो दनदनी बलिरहेको र नन्द मीना घरको गल्लीमा उभिइरहेको देखिएको उनीहरूको भनाइ छ।
स्थानीयको दाबीअनुसार ससुरा, सासू र नन्दले सुशीलालाई पाँच वर्षभन्दा बढी समयदेखि विभिन्न बहानामा निरन्तर मानसिक तथा शारीरिक यातना दिँदै आएका थिए।

Advertisement

पछिल्लो दुई महिनादेखि नन्द मीनाले घर छोडेर नगए मारिदिने धम्की समेत दिँदै आएको खुलेको छ। मृतक सुशीलाका श्रीमान् सूर्य बम्जन भने वैदेशिक रोजगारीका सिलसिलामा हाल दक्षिण कोरियामा रहेका छन्। घटनाले स्थानीयस्तरमा गहिरो आक्रोश पैदा गरेको छ भने पीडित पक्षले सुशीलाको न्याय सुनिश्चित गर्न राज्यका निकायहरू गम्भीर बन्नुपर्ने माग गरेका छन्।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

No popular posts found for the last 24 hours.


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च