मन्थलीमा सिप र कृषि तालिममार्फत रोजगारी सिर्जना : परियोजनाका कार्यक्रमको अनुगमन

रामेछाप । रामेछापको मन्थली नगरपालिकामा प्राविधिक तथा व्यावसायिक सिप र कृषि तालिममार्फत रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवद्र्धन परियोजना मार्फत सञ्चालन गरिएका कार्यक्रमहरूको अनुगमन गरिएको छ।

चाइल्डएड नेटवर्क फाउन्डेसनको आर्थिक सहयोगमा सामुदायिक विकास समाज (सिडिएस) मन्थलीमार्फत सञ्चालित परियोजनाअन्तर्गत आइतबार पालिका स्तरीय अनुगमन गरिएको हो।

Advertisement

मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतको नेतृत्वको अनुगमन टोलीमा नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठ, कृषि विकास उपशाखा प्रमुख योवनकुमार सुनुवार, गैरसरकारी संस्था महासंघ नेपाल रामेछापका अध्यक्ष रत्नप्रसाद कँडेल, नगरपालिका रोजगार संयोजक रक्षित रेग्मी लगायतको सहभागिता रहेको थियो।

अनुगमन टोलीले मन्थली नगरपालिका–१, २, ३ र १२ नम्बर वडामा सञ्चालनमा रहेका कार्यक्रमहरूको स्थलगत अनुगमन गरेको हो। परियोजनाका फोकल पर्सन उत्तम ढुङ्गानाका अनुसार ती वडामा परियोजनाको सहयोगमा सञ्चालनमा रहेका पाँच वटा कृषि फार्म तथा गलैँचा, टेलर्स लगायत तीन वटा साना व्यवसायको अनुगमन गरिएको छ।

Advertisement

उहाँका अनुसार सन् १ सेप्टेम्बर २०२२ देखि सुरु भएको यस परियोजनामार्फत विभिन्न समूहबाट छनोट गरिएका अगुवा कृषकका फार्मलाई आवश्यक तालिमसहित ५० हजार रुपैयाँ बराबरको सामग्री सहयोग प्रदान गरिएको छ। साथै ती फार्मलाई निरन्तर प्राविधिक सहयोगसमेत उपलब्ध गराइएको छ। त्यसै गरी बेरोजगार लक्षित युवालाई तह–एक र तह–दुईको व्यावसायिक सिप तालिम प्रदान गरी व्यवसाय सञ्चालनका लागि एक लाख ५० हजार रुपैयाँ बराबरको सहयोग गरिएको छ।

परियोजनाको मुख्य उद्देश्य बेरोजगार युवालाई व्यावसायिक सिप प्रदान गरी आत्मसम्मानका साथ जीविकोपार्जन गर्न सक्षम बनाउँदै उनीहरूको उद्यमशील सफलतामार्फत स्थानीय तहको सामाजिक तथा आर्थिक विकासमा योगदान पु¥याउनु रहेको ढुङ्गानाले जानकारी दिनुभयो। उक्त परियोजनाले मन्थली नगरपालिका मात्र नभई सुनापति र खाँडादेवी गाउँपालिकाका सबै वडालाई कार्यक्षेत्र बनाएर कार्य गर्दै आएको पनि उहाँले बताउनुभयो।

Advertisement

मन्थली नगरपालिका–१ स्थित नाग कन्या कृषक समूहकी सदस्य तथा अगुवा कृषक यमुना माझीले परियोजनाको सहयोगपछि परम्परागत रूपमा हुँदै आएको कृषि प्रणाली अहिले प्रविधिमैत्री बन्दै गएको बताउनुभयो । परियोजनामार्फत प्राप्त तालिम, सामग्री तथा निरन्तर प्राविधिक सहयोगले कृषि उत्पादन मात्र होइन, आम्दानीसमेत उल्लेख्य रूपमा बढेको उहाँको भनाइ छ।

त्यस्तै, परियोजनाअन्तर्गत तह–एक र तह–दुईको व्यावसायिक सिप तालिम लिएर मन्थली नगरपालिका–२ पिप्लेमा ‘लक्ष्मी टेलर्स एण्ड कस्मेटिक’ सञ्चालन गर्दै आउनुभएकी लक्ष्मी राणा मगरले अहिले गाउँमै स्वरोजगार बन्न सफल भएको बताउनुभयो।

पहिला अर्काकोमा काम गरेर आफू र दुई सन्तानको जीवनयापन गर्दै आएको स्मरण गर्दै उहाँले परियोजनाबाट प्राप्त तालिम र सहयोगपछि गाउँमै व्यवसाय सञ्चालन गर्न सक्षम भएको बताउनुभयो। हाल व्यवसायबाट खर्च कटाएर मासिक करिब पाँच हजार रुपैयाँ बचत गर्न सफल भएको उहाँको भनाइ छ । जसले आत्मनिर्भरता र आर्थिक सशक्तीकरणतर्फको बाटो खुलेको उहाँले उल्लेख गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

No popular posts found for the last 24 hours.


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च