रामेछाप । रामेछापको मन्थली नगरपालिका–नगर खेलकुद विकास समितिको आयोजनामा ८ औँ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।
बिहीबार मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले मन्थली माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिताको उद्घाटन गर्नुभयो। तीन दिनसम्म चल्ने प्रतियोगिता मङ्सिर ६ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले व्यक्तिको स्वास्थ्य र राष्ट्रकै लागि खेलकुद महत्त्वपूर्ण रहेकाले यो क्षेत्रको विकासका लागि नगरपालिका लागि परेको बताउनुभयो । सरोकारवाला निकायको सुझावहरूलाई आत्मसाथ गरी नगरको खेलकुद क्षेत्रको विकासमा लागि परेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।
Advertisement
नगरपालिका उपप्रमुख ईश्वरी बस्नेत, रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, नेपाली काँग्रेस मन्थली नगर समितिका सचिव रमेश काफ्ले, नेकपा एमाले मन्थली नगर कमिटी अध्यक्ष रामबाबु घिमिरे, नेपाली कम्युनिष्ट पार्टी रामेछापका नेता राम तामाङ, रामेछाप जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिताराम कार्की लगायतले नगरको खेलकुद क्षेत्रको अवस्था र विकासका बारेमा बोल्नुभएको थियो ।
नगर खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझीका अनुसार प्रतियोगितामा नगरभित्रका २० वटा माध्यमिक विद्यालय सहभागी भएका छन्।
प्रतिस्पर्धामा भलिबल, कबड्डी, एथलेटिक्स, तेकान्दो, उसु र कराँते लगायतका खेलहरू समावेश छन्। उद्घाटन दिन सहभागी विद्यालयका स्काउट ट्रुपमा आबद्ध विद्यार्थीहरूले आकर्षक मार्च पास प्रस्तुत गरेका थिए। साथै भलिबल, कबड्डी तथा एथलेटिक्सका खेलहरू पनि पहिलो दिनदेखि नै सुरु भएको आयोजक समितिले जनाएको छ।
Advertisement
प्रतियोगिता सफल बनाउन मन्थली नगरपालिकाले २३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। स्थानीय स्तरमा खेलकुदको प्रवद्र्धन र प्रतिभा पहिचानमा प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकहरूको विश्वास छ।

Advertisement



























प्रतिक्रिया