उमाकुण्डमा आयुर्वेदिक स्वास्थ्य शिविरमा ३ सयभन्दा बढीले लिए सेवा, आयुर्वेदप्रतिको आकर्षण बढ्दो

रामेछाप । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले उमाकुण्ड गाउँपालिकाको सहकार्यमा उमाकुण्ड–प्रीतिमा सञ्चालन गरेको एक दिने आयुर्वेदिक स्वास्थ्य शिविरमा स्थानीयवासीको आकर्षण देखिएको छ।
शनिवार आयोजना गरिएको शिविरमा करिब ३ सय नागरिकले स्वास्थ्य जाँच, उपचार तथा निःशुल्क औषधि सेवा प्राप्त गरे। शिविरमा रक्तचाप, सुगरदेखि लिएर विभिन्न रोगहरूको परीक्षण, परामर्श र उपचारसमेत प्रदान गरिएको थियो।

आयुर्वेद चिकित्सक डा. अच्युत रिमालको नेतृत्वमा चिकित्सा टोलीले दिनभर सेवा दिएको थियो।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापको सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष नवराज पथिकले जिल्लाका सबै स्थानीय तहमा सहकार्य गरेर यस्ता शिविर निरन्तर सञ्चालन गर्ने योजना रहेको बताउँदै आवश्यक सहयोगका लागि स्थानीय तहहरूलाई आग्रह गर्नुभयो।

Advertisement

गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले आयुर्वेदिक उपचार पद्धतिबाट धेरै रोग नियन्त्रणमा सहजता पुगेकाले गाउँपालिकाले शिविरलाई प्राथमिकताका साथ आयोजना गरेको बताउनुभयो।

उपाध्यक्ष सावित्री सुनुवारले निःशुल्क शिविरले ग्रामीण भेगका नागरिकलाई सुलभ र प्रभावकारी सेवा प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेलेको प्रतिक्रिया दिनुभयो। शिविरमा स्थानीयको बिहानदेखि साँझसम्म लामो लाइन लागेको दृश्यले आयुर्वेदिक उपचारप्रतिको चासो र विश्वास निरन्तर बढिरहेको स्पष्ट देखिएको छ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

No popular posts found for the last 24 hours.


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च