रामेछाप । उमाकुण्ड गाउँपालिकाले वडा स्तरमा सञ्चालन गरेको कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ। मंसिर २० गते वडा नं १ गुम्देलबाट सुरु गरिएको कार्यक्रम शुक्रबार वडा नं ६ गुम्तेश्वरमा सम्पन्न भएसँगै गाउँपालिकाका सबै ७ वडामा अभिमुखीकरण पूरा गरिएको हो।
गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक सावित्री सुनुवारका अनुसार कार्यक्रम मार्फत कूल ५४५ जनाले प्रशिक्षण प्राप्त गरेका छन्।
वडा नं १ गुम्देलमा ८० जना, वडा नं २ बाम्तीमा ८७ जना, वडा नं ३ कुबुकास्थलीमा ९३ जना, वडा नं ४ प्रीतिमा ९३ जना, वडा नं ५ प्रीतिमा ६५ जना, वडा नं ७ भुजीमा ५५ जना र वडा नं ६ गुम्तेश्वरमा ६५ जना गरी गाउँभरका ५४५ जनाले कानुनसम्बन्धी अभिमुखीकरण लिएको उपाध्यक्ष सुनुवारले बताइन्।
न्यायिक समितिको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत सञ्चालित यस कार्यक्रममध्ये मेलमिलापकर्ता, जनप्रतिनिधि, कर्मचारी, टोल विकास संस्था, आमा समूह, विद्यार्थी, शिक्षक तथा स्थानीय प्रहरीको उल्लेखनीय सहभागिता रहेको थियो।
Advertisement
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानकै अवसर पारेर सञ्चालन गरिएको कानुनी सचेतना कार्यक्रम प्रभावकारी बनेको उपाध्यक्ष सुनुवारको भनाइ छ। उनका अनुसार प्रशिक्षणले स्थानीय तहमा कानुनी ज्ञान विस्तार, समुदायमा हुने विवाद व्यवस्थापन तथा लैङ्गिक हिंसा रोकथाममा ठोस योगदान पु¥याउने अपेक्षा गरिएको छ।


























प्रतिक्रिया