प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि रामेछाप काँग्रेसबाट २९ जना सिफारिस

रामेछाप । नेपाली काँग्रेस रामेछाप जिल्ला कार्यसमितिले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन तथा माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया अगाडि बढाएको छ।

काँग्रेस केन्द्रीय कार्यालयको परिपत्रअनुसार जिल्लाबाट उम्मेदवार सिफारिस गर्नुपर्ने भएपछि रामेछाप जिल्लाबाट उम्मेदवारको दाबी गरी दर्ता भएका सबै नाम दर्ता क्रम अनुसार जस्ताको तस्तै केन्द्रमा पठाउने आइतबार निर्णय भएको काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले बताउनुभयो ।

Advertisement

उनका अनुसार अनुसार प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ १० जनाले दाबी गर्दै जिल्लामा उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दिनेमा सुनापति गाउँपालिका–१ का भरत प्रसाद चौलागाई, खाँडादेवी गाउँपालिका–१ का वीर बहादुर तामाङ, मन्थली नगरपालिका–३ का युवराज भट्टराई, खाँडादेवी गाउँपालिका–३ का अर्जुन कुमार केसी, गोकुलगंगा गाउँपालिका–१ का पूर्णबहादुर तमाङ (कान्छाराम), रामेछाप नगरपालिका–१ का रत्नबहादुर कार्की, गोकुलगंगा गाउँपालिका–५ का रामकृष्ण खड्का, सुनापति गाउँपालिका–३ का जितेन्द्र कुमार मोक्तान, खाँडादेवी गाउँपालिका–५ का रत्नहरी ढुङ्गेल तथा लिखु तामाकोशी गाउँपालिका–६ का जीवन बहादुर कार्की रहेका छन्।

Advertisement

यस्तै प्रतिनिधि सभा सदस्यको समानुपातिकतर्फ १४ जनाले उम्मेदवारी दिएका छन्। समानुपातिकतर्फ उम्मेदवारी दिनेमा लिखुतामाकोशी गाउँपालिका–५ का रामकुमार खड्का, मन्थली नगरपालिका–१३ की मिनाकुमारी कार्की, खाँडादेवी गाउँपालिका–३ का झनकबहादुर श्रेष्ठ, मन्थली नगरपालिका–३ की गङ्गाकुमारी अधिकारी, खाँडादेवी गाउँपालिका–३ की रामकुमारी डाँगी श्रेष्ठ, उमाकुण्ड गाउँपालिका–२ का गेल्जे शेर्पा, खाँडादेवी गाउँपालिका–२ का वेदराज लामा, रामेछाप नगरपालिका–८ की कुमारी हायु, सुनापति गाउँपालिका–५ की विनीता खड्का, लिखुतामाकोशी गाउँपालिका–६ की कल्पना खड्का, मन्थली नगरपालिका–८ का हिमालदास श्रेष्ठ, उमाकुण्ड गाउँपालिका–२ का गेल्जे शेर्पा लामा, दोरम्बा शैलुङ गाउँपालिका–२ का मुक्त महते तथा खाँडादेवी गाउँपालिका–५ का बलबहादुर दमाईं परियार रहेका छन्।

त्यसै गरी राष्ट्रिय सभातर्फ ५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रिय सभातर्फ उम्मेदवारी दिनेमा रामेछाप नगरपालिका–३ का डा. सुमन कर्माचार्य, उमाकुण्ड गाउँपालिका–२ का विनोद बहादुर कार्की, गोकुलगंगा गाउँपालिका–२ का शिवकुमार श्रेष्ठ, गोकुलगंगा गाउँपालिका–१ का आङटावा शेर्पा तथा सुनापति गाउँपालिका–४ का रामचन्द्र खड्का रहेका छन्।

Advertisement

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

No popular posts found for the last 24 hours.


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च