चनखु स्थित सरस्वती माविका १४८ विद्यार्थीलाई न्यानो कपडा(ट्र्याकसुट) वितरण

रामेछाप । रामेछापको मन्थली नगरपालिका–१० चनखुस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत १४८ जना विद्यार्थीलाई न्यानो कपडा (ट्र्याक सुट) वितरण गरिएको छ।

विद्यालयले आयोजना गरेको विशेष कार्यक्रममा नेपाली काँग्रेस रामेछापका महासमिति सदस्य भरत चौलागाईंले विद्यार्थीहरूलाई न्यानो ट्र्याक सुट वितरण गर्नुभएको हो। जाडो याममा विद्यार्थीहरूको स्वास्थ्य र अध्ययनमा सहजता पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको उहाँले बताउनुभयो।

Advertisement

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिवबहादुर कार्कीले विद्यार्थीहरूको शैक्षिक तथा सामाजिक हितका लागि सहयोग गरेकोमा चौलागाईंप्रति धन्यवाद व्यक्त गर्नुभयो। मन्थली नगरपालिका–१० का वडा अध्यक्ष गोपीलाल तामाङले पनि सामाजिक उत्तरदायित्व वहन गर्दै विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेकोमा आभार प्रकट गर्नुभयो।

कार्यक्रममा नेपाली काँग्रेस रामेछापका सचिव विनोद कार्की, पूर्व सभापति रामचन्द्र खड्का, महासमिति सदस्य नारायण बोगटी लगायतका नेताहरू तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई थप आकर्षक बनाउन विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।

Advertisement

उत्कृष्ट नृत्य प्रस्तुत गर्ने दुई जना विद्यार्थीलाई भरत चौलागाईंले नगद पुरस्कार समेत प्रदान गर्नुभएको थियो। यस किसिमको सहयोगले विद्यार्थीहरूको मनोबल उच्च हुने, नियमित पठनपाठनमा प्रोत्साहन मिल्ने र विद्यालय शिक्षाको गुणस्तर सुधारमा टेवा पुग्ने विश्वास विद्यालय परिवारले व्यक्त गरेको छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

No popular posts found for the last 24 hours.


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च