एमाले ११औँ महाधिवेशनः नयाँ नेतृत्व चयनका लागि मतदान जारी, ओली र पोखरेलबीच कडा प्रतिस्पर्धा

काठमाण्डौ । नेकपा एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया जारी छ । अध्यक्ष पदका उम्मेद्वार केपी शर्मा ओली र ईश्वर पोखरेलले पहिला मतदान गरेसँगै बिहान साढे ९ बजेदेखि मतदान शुरू भएको हो । आज बिहान ८ बजेदेखि शुरू हुने भनिएको मतदान प्राविधिक कारणले डेढ घण्टा ढिलो गरी सुरू भएको थियो ।

काठमाण्डौको भृकुटीमण्डपस्थित मतदानस्थलमा देशभरबाट आएका प्रतिनिधिहरू लामबद्ध छन् । यसअघि हिजो बेलुका नै मतदान गर्ने कार्यतालिका रहे पनि प्राविधिक समस्याका कारण आजका लागि सारिएको हो । महाधिवेशनमा सहभागी २ हजार २ सय ६३ जना प्रतिनिधिले अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मका विभिन्न पदका लागि मतदान गर्नेछन् ।

Advertisement

अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । दुवै उम्मेद्वार आ–आफ्नो प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् भने समर्थकहरू प्यानल जिताउन सक्रिय देखिएका छन् ।

मतदानका लागि ८० वटा विद्युतीय मतदान मेसिन प्रयोगमा ल्याइएको छ । मेसिनको प्रयोगले मतदान प्रक्रिया छिटो हुने अपेक्षा गरिए पनि उम्मेद्वारहरूको लामो सूचीका कारण एक जना प्रतिनिधिले मत खसाल्न आधा घण्टाभन्दा बढी समय लाग्ने अनुमान गरिएको छ । मतदान सकिएलगत्तै मतगणना सुरू हुने निर्वाचन समितिले जनाएको छ ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

No popular posts found for the last 24 hours.


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च