उमाकुण्ड–४ प्रीतिमा वडा स्तरीय विज्ञान–गणित प्रदर्शनी, देवीश्वरी आधारभूत प्रथम

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–४ प्रीतिमा रहेको चण्डेश्वरी माध्यमिक विद्यालयको आयोजनामा वडा स्तरीय आधारभूत तह (कक्षा १–५) तथा अन्तर सदनात्मक विज्ञान तथा गणित प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ।

ज्ञान, सृजनशीलता र प्रयोगात्मक क्षमताको उजागर गर्ने उद्देश्यसहित आयोजित प्रदर्शनीमा वडा भित्रका ७ वटा आधारभूत विद्यालय तथा चण्डेश्वरी माध्यमिक विद्यालयका ४ वटा सदनको सक्रिय सहभागिता रहेको थियो।
शुक्रवार भएको प्रदर्शनीमा देवीश्वरी आधारभूत विद्यालय बलखीले उत्कृष्ट प्रस्तुति दिँदै प्रथम स्थान हासिल गरेको छ। कालीदेवी आधारभूत विद्यालय हुँदा दोस्रो तथा चण्डेश्वरी माध्यमिक विद्यालय प्रीति तेस्रो स्थानमा सफल भए।

Advertisement

ऐरावती, प्रगतिशील र मैदाने आधारभूत विद्यालयले पनि उल्लेखनीय सहभागिता जनाएका थिए। त्यस्तै, अन्तर सदनात्मक प्रतिस्पर्धामा चण्डेश्वरी माविकै सुनकोसी सदन प्रथम, तामाकोसी सदन दोस्रो र लिखु सदन तेस्रो हुन सफल भएका छन्। विजेता विद्यालय तथा सदनलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो।
प्रदर्शनीमा सहभागी विद्यार्थीहरूले ऊर्जा उत्पादन, वातावरणीय सन्तुलन, प्राकृतिक स्रोतको उपयोग, गणितीय अवधारणाको सरल प्रस्तुति तथा वैज्ञानिक यन्त्रका नमुना प्रयोगसम्बन्धी स्थानीय सामग्रीमा आधारित मोडेलहरू प्रस्तुत गरेका थिए। बाल सुलभ तर नवप्रवर्तनशील यस्ता प्रस्तुतीकरणहरूले उपस्थित अभिभावक, शिक्षक तथा अतिथिहरूलाई निकै प्रभावित बनाएको थियो।

कार्यक्रमको मूल्याङ्कन श्री सिद्धेश्वर माध्यमिक विद्यालय बाम्तीका विज्ञान शिक्षक आकाश सुनुवारले गर्नुभएको थियो। विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं वडा नं ४ का वडा अध्यक्ष मानबहादुर सुनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत ङावा शेर्पा, फिडर विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष सुनुवारले विद्यार्थीहरूकै प्रस्तुतिबाट विज्ञान तथा गणितजस्ता व्यवहारिक विषयको जीवन्त अभ्यास देख्न पाउनु गौरवको विषय भएको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा अझ ठुलो दायरामा र चौमासिक रूपमा विद्यालय तथा वडा स्तरमा यस्ता प्रदर्शनी कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

Advertisement

स्थानीय शैक्षिक वातावरणलाई थप जीवन्त बनाउने, विद्यार्थीहरूमा वैज्ञानिक सोच, अनुसन्धान र आविष्कारप्रति अभिरुचि विकास गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रकारको प्रदर्शनीले भावी पुस्तामा नवप्रवर्तनशील दृष्टिकोण विकासमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा आयोजक विद्यालयले व्यक्त गरेको छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

No popular posts found for the last 24 hours.


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च