‘स्वास्थ्यसँग फास्ट फुड’ नारासहित फास्ट फुड एसोसिएसन नेपालको प्रथम फुटसल कप सुरु

काठमाडौं । फास्ट फुड एसोसिएसन नेपालले ‘स्वास्थ्यसँग फास्ट फुड’ भन्ने मूल नारासहित आज प्रथम फुटसल कप आयोजना गरेको छ। एसोसिएसनका महासचिव राकेश श्रेष्ठले व्यवसायसँगै स्वास्थ्य र खेलकुदलाई प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो।

आज बिहान ८ बजेदेखि काठमाडौंको धुम्बाराही हाइटस्थित सूर्य फुटसलमा सुरु भएको प्रतियोगितामा ७ वटा टिमको सहभागिता रहेको छ। प्रतियोगितामा सगरमाथा स्ट्राइकर्स, धौलागिरी योद्धा, मकालु किङ्स, मनास्लु लेजेन्ड्स, हिमचुली टाइगर्स, गणेश हिमाल वारियर्स र लाङटाङ किकर्सले प्रतिस्पर्धा गर्नेछन्। आयोजकका अनुसार सम्पूर्ण खेलहरू एन्फा सर्टिफाइड रेफ्रीहरूद्वारा सञ्चालन गरिनेछ।

Advertisement

महासचिव श्रेष्ठका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार रुपैयाँसहित ट्रफी, स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गर्नेछ। दोस्रो हुने टिमलाई नगद २० हजार, तेस्रो हुने टिमलाई नगद १० हजार तथा चौथो हुने टिमलाई सान्त्वना पुरस्कारस्वरूप नगद ५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिनेछ। साथै, सहभागी सबै टिमलाई सहभागिता प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

२०६१ सालमा स्थापना भएको फास्ट फुड एसोसिएसन नेपाल गैरसरकारी, नाफारहित तथा गैर–राजनीतिक संस्था हो। यस संस्थाले देशभर छरिएर सञ्चालनमा रहेका फास्ट फुड व्यवसायीहरूलाई एउटै छाता संगठनअन्तर्गत समेट्दै आएको छ। एसोसिएसनले व्यावसायिक हकहितको संरक्षण, व्यावसायिक एकता र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै खाद्य स्वच्छतासम्बन्धी सचेतनामूलक कार्यक्रम, रक्तदान तथा भूकम्प र बाढीपीडितलाई सहयोगजस्ता सामाजिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ।

Advertisement

एसोसिएसनका अध्यक्ष होमराज श्रेष्ठले यस प्रतियोगितामार्फत व्यवसायीहरूबीच आपसी सद्भाव, एकता र खेलकुद संस्कृतिको विकास हुनुका साथै स्वस्थ जीवनशैलीप्रति सचेतना अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

No popular posts found for the last 24 hours.


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च